स्कुलको बसको ठक्करबाट ७२ वर्षीय तुलसाको मृत्यु
झापा | पुस २९, २०७९
बिर्तामोड: झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
बसले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री सोही स्थानकी ७२ बर्षीया तुलसा दाहाललाई बिहीबार दिउसो ३ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो । बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

